A NSW Government website

(नेपाली)

एलईसीसी (LECC) बारे

कानून प्रवर्तन आचरण आयोग (LECC)
न्यू साउथ वेल्स प्रहरी बल (NSW Police Force) र न्यू साउथ वेल्स अपराध आयोग (NSW Crime Commission) बाट पूर्ण रूपमा अलग र स्वतन्त्र संस्था हो।

यस आयोगको जिम्मेवारी भनेको यी संस्थाहरूले आफ्ना कर्मचारीहरूविरुद्ध आएका उजुरीहरू न्यायसङ्गत रूपमा हेरेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्नु हो।

यस आयोगले न्यू साउथ वेल्स प्रहरी बल (New South Wales Police Force) वा न्यू साउथ वेल्स अपराध आयोग (New South Wales Crime Commission) लाई सिधै उजुरी गर्न नचाहने व्यक्तिहरूबाट पनि सिधै उजुरीहरू लिन सक्छ।

हामीसँग यस्ता टोलीहरू छन् जसले जानाजान कानूनविपरीत वा गलत कार्य गरेका प्रहरी अधिकारीहरू विरुद्ध अनुसन्धान गर्न वा कारबाही गर्न सक्छन्।

एलईसीसी (LECC) ले के गर्न सक्छ

हामी एनएसडब्लू प्रहरी बल (NSW Police Force) र एनएसडब्लू  अपराध आयोग (NSW Crime Commission) ले आफ्नो उजुरी अनुसन्धान कसरी गर्छन् भनेर जाँच गर्न सक्छौं। हामी यसलाई निरीक्षणअनुगमन भन्छौं। हामी एनएसडब्लू प्रहरी बल र एनएसडब्लू अपराध आयोगले ती उजुरीहरूलाई उचित र निष्पक्ष रूपमा हेरेका छन् कि छैनन् भनी सुनिश्चित गर्न यसो गर्छौं।

हामी कुनै पनि गैरकानूनी वा अनुचित अभ्यासहरू पहिचान गर्न मद्दत गर्न प्रहरी बल र अपराध आयोगले आफ्नो काम कसरी पूरा गर्छन् भनेर व्यवस्थित रूपमा समीक्षा गर्न सक्छौं। यसले भविष्यमा यस्ता  दुर्व्यवहारहरू रोक्न मद्दत गर्न सक्छ।

हामी कुनै पनि गैरकानूनी वा अनुचित अभ्यासहरू पहिचान गर्न मद्दत गर्न प्रहरी बल र अपराध आयोगले आफ्नो काम कसरी पूरा गर्छन् भनेर व्यवस्थित रूपमा समीक्षा गर्न सक्छौं। यसले भविष्यमा यस्ता  दुर्व्यवहारहरू रोक्न मद्दत गर्न सक्छ।